साग महिला क्रिकेटः श्रीलंकाद्वारा नेपालसामु ११९ रनकाे लक्ष्य

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले श्रीलंकाबाट एक सय १९ रनको लक्ष्य पाएको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनायो । नेपाल विरुद्ध सुरुवात राम्रो गर्न नसकेको श्रीलंकाले सात रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको श्रीलंकाले ५७ रन बनाउँदा चार विकेट झारेको थियो । तर त्यसपछि लिहिनी अप्सरा र सत्या सन्दिपनीले अर्धसतकीय साझेदारी गर्दा श्रीलंकाको पारी सम्हालिएको थियो ।

उसका लागि ओपनर उमिसा थिमासिनीले दुई रन बनाइन भने जनदी अनालीले ३५ रनको योगदान गरिन । यस्तै कप्तान हर्षिथा माधवीले १६ रन बनाइन ।

यस्तै लहिनीले ३७ रनको योगदान गर्दा सत्याले २२ रनको योगदान गरिन । नेपालका लागि बलिङमा सरस्वती कुमारी र सोनु खड्काले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest