महिला क्रिकेट टिम श्रीलंकासँग पराजित

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका महिला टिमले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १८ रन बनायो । नेपाल विरुद्ध सुरुवात राम्रो गर्न नसकेको श्रीलंकाले सात रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको श्रीलंकाले ५७ रन बनाउँदा चार विकेट झारेको थियो । तर त्यसपछि लिहिनी अप्सरा र सत्या सन्दिपनीले अर्धसतकीय साझेदारी गर्दा श्रीलंकाको पारी सम्हालिएको थियो ।

उसका लागि ओपनर उमिसा थिमासिनीले दुई रन बनाइन भने जनदी अनालीले ३५ रनको योगदान गरिन । यस्तै कप्तान हर्षिथा माधवीले १६ रन बनाइन ।

यस्तै लहिनीले ३७ रनको योगदान गर्दा सत्याले २२ रनको योगदान गरिन । नेपालका लागि बलिङमा सरस्वती कुमारी र सोनु खड्काले दुई दुई विकेट लिए ।

जवाफमा नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदा मात्र ७७ रन बनाउन सक्यो ।

नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । नेपालले निकै खराव सुरुवात गर्यो । चार रनमा पहिलो विकेट गुमाएको नेपालले चार रनमा नै दोस्रो तथा १४ रनमा तेस्रो विकेट खेर फाल्यो । नेपालका कुनै खेलाडी बिच दरिलो साझेदारी हुन सकेन । २७ रनमा तेस्रो विकेट खेर फालेको नेपालले ३७ रनमा पाँचौ विकेट गुमायो ।

नेपालका सुरुवाती तीन खेलाडीले दोहोरो अंक जोडन् सकेनन् । काजल श्रेष्ठ ८ रनमा आउट भइन भने सिता रानामगर र इन्दु बर्माले खाता खोल्न सकिनन् । यस्तै कप्तान रुविना क्षेत्रीले १९ रन बनाउँदा सोनु खड्का मात्र एक रनमा आउट भइन । यस्तै करुणा भण्डारी १२ रनमा पेभेलियन फर्किदा अप्सरी बेगमले ११ रनको योगदान गरिन । त्यसपछि डली भट्टले खाता खोल्न सकिनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest