पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जित्याे

साग अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । फाइनलमा श्रीलंकाको यू-२३ टिमलाई ७ विकेटले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २२ रन बनायो । उसका शम्मु अशानले २५ रन बनाए । यस्तै पथुम निस्सान्काले २२ तथा निशान फर्नान्डोले १६ रनको योगदान गरे ।

बंगलादेशका हसन महमुदले ३ तथा तान्भिर इस्लामले २ विकेट हात पारे ।

१ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

उसका कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक अविजित ३५ रन बनाए । यस्तै सैफ हसनले ३३ रन, सौम्या सरकारले २७, यासिर अलिले १९ र आफिफ होसेनले अविजित ५ रन बनाए ।

श्रीलंकाका कामिन्दु मेण्डिस सचिन्दु चोलोम्बाजले समान १-१ विकेट हात पारे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest