क्यान र आइसीसीको बैठक काठमाडौंमा

नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी विचको बैठक हाल काठमाडौंमा जारी रहेको छ । क्यान र आइसीसी विच विभिन्न एजेन्डामा छलफल भएका छन ।

आइसीसीका प्रतिनिधिका रुपमा नितिशा कोठारी र इकवाल सिकन्दर काठमाडौं आएका छन । यस्तै क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल र कोषाध्यक्ष रोसनकुमार सिंहको सहभागिता रहेको छ।

आइसीसीका पदाधिकारीसँग नेपालमा फेब्रेवरीमा हुने त्रिकोणात्मक सिरीजको आयोजनाका बारेमा छलफल भएको र आगामी एजेन्डाहरु कसरी अगाडी बढाउने भन्नेमा पनि कुरा भएको महासचिव प्याकुरेलले बताए ।

यसका साथै आइसीसीसँग योजना बुझाएर त्यहि अनुसारको बजेट आउने पनि उनले बताए । यस्तै क्यानको कार्यालय स्थापना, आइसीसीले तोेकेको मापदण्ड पुरा कसरी गर्ने तथा नयाँ प्रबन्ध निर्देशक नियुक्तिका बारेमा पनि छलफल भयो ।

बैठक भोली साँझ सकिने प्याकुरेलले बताए । क्यानको निर्वाचन सम्पन्न भएपछि आइसीसीले नेपाल क्रिकेट संघका निलम्बन फुकुवा गर्ने बताएको छ । जसका लागि उसले केहि सर्तहरु राखेको छ । जसलाई यतिबेला क्यानले पालना गर्नुपर्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest