पीपीएलकाे उद्घाटन खेलमा पाेखरा र काठमाडाैं खेल्ने

पोखरा प्रिमिएर लिग फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल आगामी २८ गतेको दिन बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । जसमा पोखरा पल्टन्स र काठमाडाैं गोल्डेन्स आमने सामने हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहानको ९ बजे हुनेछ ।

जसमा बिराटनगर टाइटन्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । भने साढेँ १२ बजे हुने खेलमा काठमाडाैं गोल्डेन्स र बुटवल ब्लास्टर्स विच प्रतिस्पर्धा हुनेछ ।

यस्तै तेस्रो दिनको पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । चौथो दिन काठमाडौं गोल्डेन्स र धनगढी ब्लुज विच खेल हुनेछ भने दोस्रो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन विच भिडन्त हुनेछ ।

प्रतियोगिताको ट्रफि सार्वजनिक शुक्रबार गरिने आयोजकले जनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest