अस्घर अफगानिस्तान टिमकाे कप्तानमा नियुक्त

अफगानिस्तान क्रिकेट टिमको कप्तानमा पुनः अस्घर कप्तानमा नियुक्त भएका छन् ।

कप्तानीबाट बर्खास्तमा परेको आठ महिनापछि ब्याट्सम्यान अफ्गान तीनै फर्म्याटको कप्तानी नियुक्त भएका हुन् ।

आईसीसी एकदिवसीय विश्वकपको दुई महिना अघि अफगानिस्तान क्रिकेट बोर्डले अफ्गानलाई बर्खास्त गरेको थियो । अफगानिस्तानले अफ्गानलाई बर्खास्त गर्दै एकदिवसीयमा गुल्बादिन नाइब, टी(ट्वान्टीमा राशिद खान र रहमत साहलाई टेष्ट क्रिकेटको कप्तान चयन गरेको थियो ।

अफ्गानले अफगानिस्तानबाट ५६ एकदिवसीय अन्तर्राष्ट्रिय, ४६ टी(ट्वान्टी अन्तर्राष्ट्रिय र दुई टेष्ट खेलेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest