वेष्ट इण्डिजविरुद्धकाे टी-२० सिरीज भारतले जित्याे

घरेलु टिम भारतले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।

मुम्बईमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २(१ ले जितेको हो ।

वान्खडे क्रिकेट स्टेडियममा कप्तान विराट कोहली टी(ट्वान्टी क्रिकेटमा सर्वाधिक चाँडो अर्धशतक बनाउने भारतीय कप्तान बन्दा भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

मात्र २१ बलमा ५० रन पुरा गरेका कोहली ७० रनमा अविजित रहे । यस्तै लोकेश राहुलले ९१ रन जोड्दा रोहित शर्मा ७१ रनमा आउट भए ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

वेष्ट इण्डिजका लागि केइरन पोलार्डले ६८ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शिम्रन हिटमेयरले ४१ रन बनाए । भारतका दिपक चाहर, भुवनेश्वर कुमार, मोहमद शामी र कुलदीप यादबले २र२ विकेट लिए ।

 

यस अघि पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल वेष्ट इण्डिजले आफ्नो बनाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest