स्मिथ बने दक्षिण अफ्रिकाकाे नयाँ निर्देशक

पूर्व कप्तान ग्रेम स्मिथ दक्षिण अफ्रिका किकेटको नयाँ निर्देशक बनेका छन ।

दक्षिण अफ्रिका क्रिकेट बोर्डले स्मिथलाई ३ महिनाको लागि क्रिकेट डिरेक्टर नियुक्त गरेको हो ।

भारतमा आयोजना हुने आईपीएल क्रिकेटको कमेन्टेरका रुपमा अनुबन्ध भईसकेको कारण उनलाई थोरै समयका लागि नियुक्त गरिएको हो । आईपीएलको नयाँ सिजन मार्च २३ बाट सुरु हुनेछ ।

घरेलु मैदानमा हुने इंग्ल्याण्डविरुद्धको चार टेष्ट सिरिज अघि उनलाई क्रिकेट डिरेक्टर चयन गरिएको हो ।

पछिल्लाे पटक दक्षिण अफ्रिकी टिमकाे खराब प्रदर्शनका कारण निकै अालाेचना भाेगेकाे दक्षिण अफ्रिकी टिमले नयाँ संरचनाका साथ अगाडी बढाउन स्मिथलाइ याे जिम्मेवारी दिएकाे हाे ।

खेलाडी हुँदा क्रिकेटमा कान्छाे कप्तानकाे कीर्तिमान बनाएका स्थिम सन्यासपछि कमेन्ट्रीमा ब्यस्त बनेका थिए । उनकाे याे समयमा दक्षिण अफ्रिकी क्रिकेटले नयाँ स्वरूप पाउने विश्वास गरिएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest