पीपीएलमा काठमाडाैंबाट खेल्ने खेलाडी यस्ता

पाेखरा प्रिमियर लिग क्रिकेटका लागि काठमाडौं गोल्डेन्सले तीन जना भारतीय खेलाडी भित्र्याएकाे छ । नेपाली क्रिकेटमा चिरपरिचित नामलाइ नै काठमाडाैंले टिममा ल्याएकाे हाे ।

जसमा काठमाडाैंले गौरव तोमर,जयकिशन कोल्सावाला र सुवोध भाटी ल्याएकाे छ । तीन खेलाडीले यसअघि पनि पीपीएल खेलिसकेका छन । एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्सबाट खेलेका जयकिशन र गाैरब पीपीएलमा पनि ज्ञानेन्द्रकै कप्तानीमा खेल्ने भएका छन ।

सुवोधले दिल्लीबाट रणजी ट्रफि खेलि सकेका खेलाडी हुन । उनले दोस्रो संस्करणको डीपीएलमा काठमाडौंबाटै खेलेका थिए । जसमा उनले १ सय १६ रन बनाउनुको साथै ८ विकेट लिएका थिए ।

काठमाडौंले मंसिर २८ मा पोखरा पल्टनसँग खेल्दै पीपीएलको सुरुवात गर्ने छ । पीपीएल मंसिर २८ देखी पुष १२ सम्म चल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest