बिराटनगरबाट पीपीएल खेल्ने ३ बिदेशी खेलाडीकाे टुंगाे लाग्याे

पोखरा प्रिमियर लिगका लागि विराटनगर टाइटन्सले तीन जना विदेशी खेलाडीको टुंगो लगाएको छ । जसमा एक जना भारतबाट र दुई जना पाकिस्तानी खेलाडी ल्याएको छ । तीनै जना खेलाडी अलराउण्डर रहेका छन ।

अघिल्लो सिजनको पीपीएलमा लिग चरणबाट नै बाहिरीएको बिराटनगरले नयाँ कप्तानका रुपमा प्रदिप ऐरीलाई जिम्मेवारी दिएको हो । जसमा विदेशी खेलाडीमा भारतीय खेलाडी पुनीत मेहरा र पाकिस्तानबाट मोहम्मद जायद आलम र नोमान खानलाई भित्र्याएको छ ।

पुनील मेहराले नेपालका इपीएल, डीपीएल र पीपीएल खेलिसकेका खेलाडी हुन । दिल्लीका मेहराले नेपालमा भैरहवा ग्लाडियटर्सबाट इपीएल, रुपन्देही च्यालेञ्जर्सबाट डीपीएल खेलेका थिए । अलराउण्डर मेहराले अघिल्लो सिजनको डिपीएलमा १२ विकेट लिएका थिए ।
यस्तै टिममा आएका अर्का खेलाडी मोहम्मद जायद आलम रहेका छन । उनी अघिल्लो सिजनपनि पीपीएल खेलेका उनले पाकिस्तानको यू १९ टिमबाट खेलिसकेका छन । उनी लगातार दोस्रो सिजन पीपीएल खेल्न लागेका हुन ।

यस्तै अर्का खेलाडीमा नोमान खान रहेका छन । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेका हुन । पाकिस्तानको यू १९ टिमबाट खेलिसकेका नोमान खान अलराउण्डर खेलाडी हुन । मिडिलअडरका ब्याट्सम्यान नोमानले बलिङ पनि गर्छन ।

तीन जना विदेशी खेलाडी भित्र्याएपछि विराटनगर टिम ब्यालेन्समा रहेको ब्यवस्थापक टिमले बताएको छ । स्टार खेलाडी नभएपनि टिम राम्रो बनेको उनीहरुको भनाई छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest