पारस बरियतामा पारसकाे फड्काे

अन्तराष्ट्रिय क्रिकेट परिषदकाे नयाँ बरियतामा पूर्व कप्तान पारस खड्का फेरी २५ औं स्थानमा  पुगेका छन ।

८ स्थान माथि उक्लै पारस अलराउण्डरमा २५ स्थानमा पुगेका हुन । उनले अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेललाइ पछि पारेका छन। यस्तै अलराउण्डरतर्फ करण केसी ७४ औं स्थानमा पुगेका छन। यसअघि ८४ औं स्थानमा रहेका करणले पनि राम्राे छलाङ मारेका छन ।

सोमपाल कामी भने ७ स्थान तल झरेका छन । यसअघि ६० औं स्थानमा रहेका उनी अहिले ६७ औं स्थानमा छन् ।

ब्याटिङतर्फ पारस ६० औं स्थानमा छन् । यसअघिकाे भन्दाे उनी ५ स्थान तल झरेका हुन । यसअघि उनी ५५ औं स्थानमा थिए । उनी भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

बलिङको वरियतामा सन्दीप लामिछाने ६ स्थान तल झर्दै ८४ औं स्थानमा पुगेका छन । पछिल्लाे पटक अन्तराष्ट्रिय प्रतियाेगिता नखेलेका सन्दिप बरियतामा पनि तल परेका छन । यसअघि ९५ औं स्थानमा रहेका सोमपालले शिर्ष १०० काे सूचीबाट बाहिरीएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest