पीपीएलका लागि बुटवलमा ३ भारतीय खेलाडी

पोखरा प्रिमियर लिगका लागि बुटवल ब्लास्टर्सले तीन जना भारतीय खेलाडी अनुबन्ध गरेको छ । सोमपाल कामीकाे कप्तानीमा रहेकाे टिममा भारतीय खेलाडी अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा अनुबन्ध गरेको छ ।

अफ्ताबले राजस्थानबाट घरेलु क्रिकेट खेल्छन भने शिवमले भारतीय स्टेट प्रतियोगिता खेल्छन । जसमा उनले ६४ खेलमा २ हजार ४ सय ३३ रन बनाएका छन् ।

शिवम सिंह विकेटकीपर तथा बलिङ गर्नसक्ने खेलाडी हुन ।

यस्तै हर्ष अलराउन्डर हुन् । बुटवलले पीपीएलमा मंसिर २९ मा काठमाडौं गोल्डेन्ससँग खेल्दै सुरुवात गर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest