पीपीएलकाे उद्घाटन शनिबारकाे सट्टा आइतबार हुने

भोली देखी सुरु हुने भनिएको पोखरा प्रिमियर लिग एकदिन पर सरेको छ । लगातारको वर्षाका कारण पर्सी बाट मात्र प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।

पोखरामा आज आयोजित ट्रर्फी सार्वजनिक कार्यक्रममा आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुमी लामाले प्रतियोगिताको उद्घाटन आइतबार गरिने जानकारी गराएका हुन् ।

एकदिन रिजर्भ डे रहेकाले प्रतियोगिताको तालिकामा कुनै असर नपर्ने उनले बताए । उद्घाटन खेलमा साविक विजेता पारेखरा राइनोज र काडमान्डौ गोल्डेन बीच प्रतिस्पर्धा हुनेछ ।

ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा पोखरा पल्टनका कप्तान शरद भेषावकर बाहेक सवै टिमका कप्तानको उपस्थिती रहेको थियो । गन्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले ट्रफी सार्वजनिक गरेका थिए ।

पोखरा प्रिमियर लिगमा विराटनर टाइटन्स कप्तान प्रदिप ऐरी रहेका छन भने चितवन राइनोज कप्तान, पारस खड्का छन। यस्तै काठमान्डौ गोल्डेन्स कप्तान, ज्ञानेन्द्र मल्ल र पोखरा पल्टन कप्तान शरद भेषावकर छन । बुटवल ब्लास्टर्सकाे कप्तानी सोमपाल कामीले गर्दैछन भने धनगढी ब्लुज कप्तान दिपेन्द्र सिंह ऐरी छन ।

प्रतियाेगिताकाे बिजेताले २७ लाख र उपबिजेताले १० लाख रूपैयाँ पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest