पीपीएल क्रिकेटः काठमाडाैं टस जितेर बलिङमा

दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग टी-ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा काठमाडौं गोल्डेनले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

पोखरा क्रिकेट रंगशालामा काठमाडौंले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । अब साविक विजेता पोखरा पल्टन ब्याटिङमा उत्रने छ ।

शरद भेशावकरको कप्तानीमा रहेको घरेलु टिम पोखरा साविकको विजेता समेत हो ।

राष्ट्रिय टिमको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौँ गत संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो ।

शनिवारबाट औपचारिक सुरुवात हुने भनिएको प्रतियोगिता खराब मौषमका कारणले एक दिन पछाडी धकेलिएको थियो ।

प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १० लाख रुपैयाँ पाउने छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest