कुशलकाे अर्धशतकमा पाेखराकाे सहज जित

पोखरा प्रिमियर लिगमा साविक विजेता पोखरा पल्टनले उपाधिको यात्रा बलियो रुपमा सुरु गरेको छ । उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सलाई नौ विकेटले हराउँदै पोखराले बलियो सुरुवात गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । सुरुवात राम्रो गर्न नसकेको काठमाडौंको स्कोर १७ रन हुँदा पहिलो विकेट झर्यो । उसका ओपनर जयकिशन कोल्शावाला मात्र ६ रनमा आउट भए । त्यसपछि अर्का ओपनर सुवास खकुरेलपनि ६ रनमा नै पेभेलियन फर्किदा काठमाडौंले १९ रनमा दोस्रो विकेट खेर फाल्यो ।

सुरुवातमा नै दबावमा आएको काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल मात्र एक रनमा आउट भएपछि २१ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि अर्का खेलाडी गौरव तमोरले लगातार दुई छक्का प्रहार गर्दै आफ्नो आक्रामक शैली देखाएका थिए । तर उनपनि धेरै बेल क्रिजमा टिक्न सकेनन् । जसमा गौरव १३ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको काठमाडौंका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । उसका स्कोर ४४ रन हुँदा पाँचौ विकेट झर्यो । पवन सराफ मात्र ६ रनमा आउट भए । लगत्तै पृथु बास्कोटापनि सात रनमा आउट भएपछि काठमाडौंले ६० रनमा छैटौं विकेट खेर फाल्यो । त्यसपछि सुबोध भाटी ४५ रनमा आउट भएपछि काठमाडौंले ९८ रनमा सात विकेट खेर फाल्यो । अन्तिममा सुसान भारीले १० रन जोडे । बलिङमा रासिद खान, ललित राजवंशी र कुशल मल्लले दुई दुई विकेट लिए ।

जवाफमा पोखराले १४ ओभर एक बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । मध्य सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेको थियो । उसका ओपनर आरिफ शेख १४ रनमा आउट भए । त्यसपछि कुशल भुर्तेल र रवीइन्दर सिंहले उत्कृष्ट अर्धसतकीय साझेदारी गरे । जसमा उनीहरुले ८८ रनको साझेदारी गरे ।

पोखराका लागि कुशलले ६५ अर्धशतकीय पारी खेले । जारी प्रतियोगितामा कुशल अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन । यस्तै उनलाई दरिलो साथ दिएका रवीइन्दरले पनि ३८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest