भारतले दुई सय ८८ रनको लक्ष्य

वेष्ट इन्डिज विरुद्धको पहिलो एकदिवसिय खेलमा भारतले दुई सय ८८ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । भारतका लागि रिशव पन्तले एकदिवसिय क्रिकेटको पहिलो अर्धसतक बनाए भने श्रेयस ऐयरले ७० रनको योगदान गरे । पन्तले ७१ रनको पारी खेले ।

जसमा उनले ६९बलमा सात चौका र एक छक्का हिर्काएका थिए । यस्तै केदार जादवले ४० तथा रोहित शर्माले ३६ रनको योगदान गरे । अन्तिममा रविन्द्र जडेजाले २१ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest