वेष्ट इन्डिजले भारतलाई ८ विकेटले हरायो

भारत विरुद्धको पहिलो एकदिवसिय खेलमा वेष्ट इन्डिजले प्रभावशाली जित निकालेको छ । आज भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ८ विकेटले हरायो ।

चेन्नेइमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । भारतका लागि रिशव पन्तले एकदिवसिय क्रिकेटको पहिलो अर्धसतक बनाए भने श्रेयस ऐयरले ७० रनको योगदान गरे । पन्तले ७१ रनको पारी खेले ।

जसमा उनले ६९बलमा सात चौका र एक छक्का हिर्काएका थिए । यस्तै केदार जादवले ४० तथा रोहित शर्माले ३६ रनको योगदान गरे । अन्तिममा रविन्द्र जडेजाले २१ रन थपे ।

वेष्ट इन्डिजको जितमा सिमरोन हिटमेयर र सेइ होपले सतकिय पारी खेले । सुरुवात राम्रो गर्न नसकेको वेष्ट इन्डिजका लागि होप र हिटमेयरले दोस्रो विकेटका लागि कीर्तिमानी दोहोरो शतकीय साझेदारी गरे । उनले दोस्रो विकेटका लागि दुई सय १८ रनको साझेदारी गरे ।

जसमा हिटमेयरले एक सय ३९ रन बनाए । जसमा उनले एक सय ६ बलमा ११ चौका र सात छक्का प्रहार गरे । यस्तै होमले एक सय एक रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest