बिराटनगर टस जितेर बलिङमा

पोखरा प्रिमियर लिगमा अहिले विराटनगर टाइटन्स र धनगडी ब्लुज विच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा रंगशालामा जारी खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । दुबै टिम अघिल्लो संस्करणमा राम्रो गर्न सकेका थिएनन् । जसका कारण यो सिजनमा दुबै टिम पहिलो खेलबाट नै उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा रहेका छन ।

यो सिजनमा विराटगनरको कप्तानी सम्हाल्ने मौका पाएका प्रदिप ऐरीका लागि पनि ठुलो चुनौती रहेको छ । यता दिपेन्द्रसिंह ऐरी पनि आफ्नो नेतृत्व क्षमता पहिलो खेलबाट नै देखाउन चाहन्छन । धनगढीका टिममा दुई जना क्यानेडियन र एक जना भारतीय खेलाडी छन भने विराटनगमा दुई जना पाकिस्तानी र एक जना भारतीय खेलाडी छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest