विराटनगर टाइटन्सलाई धनगढी ब्लुजले एक सय १८ रनको लक्ष्य

पोखरा प्रिमियर लिगमा अहिले विराटनगर टाइटन्सलाई धनगढी ब्लुजले एक सय १८ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १७ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको धनगढीले पाँच रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सन्दिप सुनार मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि ३२ रनमा दोस्रो विकेट खेर फालेको धनगढीले ४० रनमा तेस्रो विकेट गुमायो । विदेशी खेलाडी रोद्रिगो थोमस १६ रनमा आउट भए भने कप्तान दिपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् ।

धनगढीको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रनमा चौथो विकेट गुमाएको उसले ७९ रन बनाउँदा सात विकेट झार्न पुग्यो । धनगढीका श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए । त्यसपछि सौरभ खनाल १२ रनमा बाहिरीदा धनगढीले ९८ रनमा आठ विकेट गुमाउन पुग्यो ।

धनगढीका लागि अन्तिममा कमलसिंह ऐरीले २६ रनको योगदान गरे । बलिङमा साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest