काठमाडौं गोल्डेन्सले बुटवल ब्लास्टर्सलाई एक सय ४१ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौं गोल्डेन्सले बुटवल ब्लास्टर्सलाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि पवन सराफले सर्वाधिक ३७ रन बनाए । मध्यम सुरुवात गरेको काठमाडौं पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो । उसका ओपनर सुवास खकुरेल १५ रनमा रनआउट भएपछि काठमाडौंले पहिलो विकेट गुमायो ।

त्यसपछि गौरव तमोर मात्र एक रनमा आउट भएपछि काठमाडौंले ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको लगत्तै जयकिशन कोल्सावाला ब्यक्तिगत २८ रनमा आउट भए । जसका कारण काठमाडौंले ५० रनमा तेस्रो विकेट झार्यो ।

उसका मध्यक्रमका खेलाडी विच राम्रो साझेदारी हुने सकेन । कप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए भने आदिल खान २३ रनमा आउट भए । यस्तै सुबोध भाटीले खाता खोल्न सकेनन् । ८९ रनमा ६ विकेट गुमाएको काठमाडौंका लागि पवन सराफ र अमरसिंह रौटेलाले अर्धसतकीय साझेदारी गरे । जसका कारण काठमाडौंले चित्त बुझ्दो चुनौती दियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest