पाेखराले पायाे मात्र १०८ रनकाे लक्ष्य

पोखरा प्रिमियर लिगमा अहिले साविक विजेता पोखरा पल्टनले चितवन राइनोजलाई मात्र एक सय ८ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

खराव सुरुवात गरेको पोखराले मात्र ५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १९ रनमा दोस्रो विकेट खेर फालेको पोखराले ५० रन बनाउँदा चार विकेट झार्न पुग्यो । उसका ओपनर कुशल भुर्तेल जसले पहिलो खेलमा अर्धशतक बनाएका थिए उनी मात्र पाँच रनमा आउट भए ।

त्यसपछि आसिफ शेखपनि १० रनमा आउट हुँदा रवीइन्दर सिंहपनि १० रनमा नै पेभेलियन फर्किए । त्यसपछि विनोद भण्डारी सात रनमा आउट हुँदा पोखराको पारी संकटमा परेको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेलपनि खाता खोल्न नपाउँदै रनआउट भए ।

पोखराका खेलाडी विच दरिलो साझेदारी हुन नसक्दा उसले ९२ रनमा ६ विकेट खेर फाल्यो । पोखराको पारीलाई सम्हालेका कप्तान शरद भेषवाकर ४५ रनमा पेभेलियन फर्किएपछि उसले सातौ विकेट गुमायो । बलिङमा चितवनका सन्नी पटेलले दुई तथा रोहन मुस्तफाले पनि दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest