कर्पोरेट सुपर सिक्स क्रिकेटकाे मिती सर्याे

छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सरेको छ ।

आयोजक एसएस इभेन्टस् प्रालिले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता सरेको जनाएको छ । यस अघि प्रतियोगिता पुस २ देखि ७ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तालिका रहेको थियो ।

तर, नेपालमा सम्पन्न साग खेलकुद र आगामी फेब्रुवरीमा हुने आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ एकदिवसीय क्रिकेटको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिगका लागि टियु मैदानको मर्मत भईरहेको कारण प्रायोजक र सहभागी टिमसँगको छलफलपछि प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा २४ कर्पोरेट टिमको सहभागिता रहनेछ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest