पोखरा प्रिमियर लिगः ज्ञानेन्द्र मल्लको शतकीय इनिङ, धनगढीलाई १८६ रनको लक्ष्य

पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारिसर्यले एक्सपर्ट धनगढीलाई १८६ रनको विशाल लक्ष्य दिएको छ । ज्ञानेन्द्र मल्लको शतकको मद्दतले काठमाडौंले धनगढीलाई ठूलो लक्ष्य दिएको हो ।
पोखरा मैदानमा हुस्सुलागेपछि १७ ओभरमा झारिएको खेलमा टस हारेर काठमाडौंले पहिला ब्याटिङ गरेको थियो । सुरुआत भने राम्रो गर्न नसकेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारि खेलेका छन् । उनले ३८ बल खेल्दै १०० रनको शतकीय पारि खेले । पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र दोस्रो खेलाडी पनि बनेका छन् ।
पहिलो शतक पोखरा प्रिमियर लिगमा आशिफ शेखले बनाएका थिए । गौरब तोमारलाई शुुन्य रनमा गुमाएको काठमाडौंको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए । यी दुईकाबीचमा ५१ रनको साझेदारी भएको थियो । अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पुरा गरे ।
आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले शतक बनाउँदा ९ छक्का र ८ चौका प्रहार गरे । शतक प्रहार गरे लगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए । यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६रन बनाएर पेभेलिनय फर्किएका थिए । उनले ४६रन बनाउँदा ४ चौका र २ छक्का प्रहार गरे । पाँचौं विकेटको रुपमा शुवोध भाटी आउट भए । उनले खाता नै खोल्न सकेनन् । धनगढीका कमलसिंह ऐरीले चार विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।

Chat Conversation End
Type a message, @name…
 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest