Cricnepal.com
Friday, January 22, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

काठमाडाैंकाे पहिलाे जित, ज्ञानेन्द्रकाे बिस्फाेटक शतक

by cricnepal.com Staff
December 18, 2019 - Updated on December 20, 2019
0

पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाडौंले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा समेटिन पुग्यो ।

विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ रन बनाउँदा सन्दीप सुनार आउट भएका थिए । दोस्रो विकेटको रुपमा श्रीमन्था वाजिरत्ने आउट भएका थिए । १५ रन बनाएर वाजिरत्ने आउट हुँदा धनगढीको स्कोरबोर्डमा २७ रन रहेको थियो । तेस्रो विकेटको रुपमा रोड्रिगो थोमस व्यक्तिगत १० रन बनाएर पेभेलियन फर्किए । सौरभ खनालले ९ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर आउट भए । सन्दीप जोराले ७ रन बनाउँदा अमित यादवले तीन तथा कमल सिंह ऐरी सात रन बनाएर आउट भए । ६० रन हुँदा ८ विकेट गुमाएको धनगढीका लागि विक्रम ठगुन्ना र सागर ढकालले इनिङ अघि बढाउने प्रयास गरे पनि सफल भने हुन सकेनन् । ठगुन्ना नवौं विकेटको रुपमा ९ रन बनाएर आउट भए । ढकालले ६ रन बनाए ।

धनगढीको इनिङ ध्वस्त बनाउनका लागि बसन्त रेग्मीले तीन विकेट लिँदा पवन शर्राफ र सुवोध भाटीले २–२ विकेट लिए र यसैगरी अमृत भट्टराई र सुशन भारीले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्स वारिसर्यले निर्धारित १७ ओभरको खेलमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
पोखरा मैदानमा हुस्सुलागेपछि १७ ओभरमा झारिएको खेलमा टस हारेर काठमाडौंले पहिला ब्याटिङ गरेको थियो । सुरुआत भने राम्रो गर्न नसकेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारि खेलेका थिए । उनले ३८ बल खेल्दै १०० रनको शतकीय पारि खेले ।
घरेलु क्रिकेटमा सतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए । यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् ।

गौरब तोमारलाई शुुन्य रनमा गुमाएको काठमाडौंको इनिङ्सलाई जयकिशन कोल्सावाला र अमित श्रेष्ठले अगाडि बढाएका थिए । यी दुईकाबीचमा ५१ रनको साझेदारी भएको थियो । अमित २१ बलमा ३४ रन जोड्दै आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्रले ३७ बलमा शतक पुरा गरे ।

आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले शतक बनाउँदा ९ छक्का र ८ चौका प्रहार गरे । शतक प्रहार गरे लगत्तैको बलमा ज्ञानेन्द्र आउट भएका थिए । यसैगरी कोल्सावाला चौथो विकेटको रुपमा ४६रन बनाएर पेभेलिनय फर्किएका थिए । उनले ४६रन बनाउँदा ४ चौका र २ छक्का प्रहार गरे । पाँचौं विकेटको रुपमा शुवोध भाटी आउट भए । उनले खाता नै खोल्न सकेनन् । धनगढीका कमलसिंह ऐरीले चार विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।

Tags: Gyanendra MallaKathmandu Goldens

सम्बन्धित समाचार

पारस र ज्ञानेन्द्र सहित नाै खेलाडी पीएसएलकाे ड्राफ्टमा

काठमाडौंले विराटनगरलाई ३६ रनले हरायो

काठमाडौं गोल्डेन्सले विराटनगर टाइटन्सलाई एक सय ६० रनको लक्ष्य

पोखरा प्रिमियर लिगः ज्ञानेन्द्र मल्लको शतकीय इनिङ, धनगढीलाई १८६ रनको लक्ष्य

काठमाडाैंकाे लगातार दाेस्राे हार

काठमाडौं गोल्डेन्सले बुटवल ब्लास्टर्सलाई एक सय ४१ रनको लक्ष्य

Load More
Next Post

विराटनगर टाइटन्सले पोखरा पल्टनलाई १४६ रनको लक्ष्य

विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हरायाे

Discussion about this post

मुख्य समाचार

बागमती पीएम कपको सेमिफाइनल नजिक

सन्दिपको टिमको अर्को हार

प्रदेश एकको पीएम कपमा सान्त्वना जित

January 22, 2021
Match 14
PRO-2
179/10
BAG
181/4
Scorecard | Series Home
January 22, 2021
Match 13
PRO-1
215/9
Karnali
156/10
Scorecard | Series Home
January 21, 2021
Match 11
NPC
310/4
LUM
236/7
Scorecard | Series Home
January 21, 2021
Match 12
Gandaki
106/10
APF
107/4
Scorecard | Series Home
January 20, 2021
Match 10
PRO-1
131/10
TAC
135/6
Scorecard | Series Home
January 20, 2021
Match 9
SUD
110/10
NPC
111/1
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal