विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हरायाे

पोखरा प्रिमियर लिग क्रिकेटमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हराएको छ । जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले शुरुआत भने राम्रो गरेको थियो । तर मिडिल अर्डरका ब्याट्सम्यानहरु चल्न नसक्दा इनिङ्स धरमराएको थियो ।

पहिलो विकेटका लागि सुनिल धमला र मोहम्मद जइद आलमका बीचम ५० रनको साझेदारी भएको थियो । जइद २६ रन बनाएर आउट भए । यसैगरी दोस्रो विकेट विराटनगरले टिमको स्कोर ६८ रन हुँदा सुनिल धमालाको रुपमा गुमायो । धमला ३६ रन बनाएर पेभेलियन फर्किएका थिए । कप्तान प्रदीप सिंह ऐरी भने रन आउट हुन पुगे । उनी ६ रन बनाएर रन आउट हुँदा विराटनगर ६८ रनमै रोकिएको थियो ।

७२ रन हुँदा चौथो विकेटको रुपमा नोमान खानलाई गुमाउन पुग्यो । नोमानले १ रनको मात्र योगदान गरे । ७६ रन हुँदा पाँचौं विकेटको रुपमा लोकेश बम व्यक्तिगत २ रनमा मैदानबाट बाहिरिए । पुनित मेहरा र राजु रिजालले धरमराएको विराटनगरको इनिङ्स उकास्दै १०० रन कटाएका थिए । यसैगरी २३ बलमा पुनितले अर्धशतक प्रहार गरे ।

समग्रमा २६ बल खेलेका पुनितले ५ चौका र ४ छक्कासहित ६१ रनमा नट आउट रहे । राजु रिजाल पनि ९ रनमा अविजित रहे । पोखराका लागि कप्तान शरद भेषावकरले २ विकेट लिँदा कुशल मल्ल र सर्वजित लड्डाले एक एक विकेट लिए ।

जवाफमा पोखरा पल्टन १९ ओभर पाँच बलमा एक सय रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जवाफमा पोखरा पल्टन १९ ओभर पाँच बलमा एक सय रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा कुशल भुर्तेलले २४ रन बनाउँदा रोहितकुमार पौडेलले ३२ तथा आसिफ शेखले १३ रन बनाए । बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् ।

२८ रनमा पहिलो विकेट गुमाएको पोखराले ७० रनमा चार विकेट गुमाएको थियो । तर त्यसपछि अरु ३० रन स्कोरबोर्डमा थप्दा टिम अलआउट भयो ।

पोखरालाई सस्तैमा समेट्न किशोर महतोले तीन तथा जितेन्द्र मुखीया, मोहम्मद जेइद खानले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest