Tribhuvan Army Club
    235/10 (50.0 ov)
    Nepal APF Club
    236/9 (49.4 ov)
    Kathmandu Mayor XI
    Bagmati Province
    Nepal APF Club
    Nepal Police Club
Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Centre
    • Fixtures
    • Results
  • Series
    • Kathmandu Mayor’s Cup 2021
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

वेस्ट इण्डिजविरुद्ध भारत १०७ रनले विजयी

by cricnepal.com Staff
December 18, 2019 - Updated on December 20, 2019
0

वेस्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत १०७ रनले विजयी भएको छ । यो जितसँगै सिरिज १–१ को बराबरीमा आएको छ । तेस्रो तथा अन्तिम एक दिवसीय आइतबार हुने छ ।

विशाखपट्नममा बुधबार भएको खेलमा ३८८ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले ४३.३ ओभरमा सवै विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो । वेस्टइण्डिजको पारि ध्वस्त बनाउने क्रममा कुलदीप यादवले ह्याट्रिक विकेट लिए । कुलदीपले ३२.४ ओभरमा साइ होपलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । साइ होपले आक्रामक तरिकाले रन बनाउँदै भारतमाथि दवाव दिएका थिए । होप ७८ रन बनाएर आउट भए ।

३२.३ ओभरमा जेशन होल्डरलाई आउट गर्दै दोस्रो सफलता हात पारे । होल्डर ११ रन बनाएर आउट भएका थिए । ह्याट्रिक विकेटको रुपमा कुलदीपले अलजारी जोसेफलाई आउट गर्दै ह्याट्रिक पुरा गरे । कुलदीप अन्तर्राष्ट्रिय क्रिकेटमा २ पटक ह्याट्रिक लिने पहिलो भारतीय खेलाडी पनि बनेका छन् । उनले २०१७ मा अस्ट्रेलियाविरुद्ध पनि ह्याट्रिक लिएका थिए । मोहम्मद सामीले २९ औं ओभरमा लगातार २ विकेट लिएका थिए । ७५ रन बनाएर खेलिरहेका निकोलस पुरनलाई सामीले आउट गरेका थिए । त्यस लगत्तै अर्को बलमा पनि सामीले विकेट लिए । उनले किरोन पोलार्डलाई खाता नै खोल्न दिएनन् । अन्तिम विकेटको रुपमा सामीले किमो पौललाई आउट गरेका थिए । रविन्द्र जडेजाले २ विकेट हात पार्दा सार्दुल ठाकुरले एक विकेट लिए ।

वेस्ट इण्डिजका किमो पौल र खेरि पेरेरले इनिङ्स अघि बढाए पनि जित भने दिलाउन सकेनन् । खेरि २१ रनमा आउट भए । किमो पौल
टस हारेर पहिला ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले १५९ तथा केएल राहुलले १०२ रनको शतकीय पारि खेलेपछि निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८७ रन बनाएको थियो । वेस्टइण्डिजका कप्तान किरोन पोलार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
उनको टिममा सुनील अम्ब्रिस र हेडन वाल्सको ठाउँमा एविन लुईस र खेरी पिएरेलाई मौका दिइएको थियो । आजको खेलमा शिबम दुबेको ठाउँमा शार्दुल ठाकुरलाई स्थान दिइएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट शुरुआत गरेको थियो । पहिलो विकेटका लागि रोहित शर्मा र केएल राहुलले ३७ ओभरमा २२६ रनको साझेदारी गरेका थिए ।
रोहितले १०७ बलमा २८ औं एकदिवसीय शतक बनाए । राहुलले १०२ बलमा तेस्रो शतक प्रहार गरे । ३७ औं ओभरमा राहुल आउट भए लगत्तै ३८ औं ओभरमा २३२ रन हुँदा कप्तान विराट कोहली खाता नै नखोली आउट भए ।
ओपनिङ आएका रोहितले श्रेयस अय्यरसँग् मिलेर तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । रोहितले १३८ बलमा १७ चौका र ५ छक्काको मद्दतले १५९ रन बनाए । रोहित आउट भएपछि अय्यरले ऋषभ पन्तसँग मिलेर चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३५० कटाएका थिए । पन्त चार चौका र तीन छक्काको मद्दतले १६ बलमा ३९ रन बनाउँदै आउट भए ।
अय्यरले ३२ बलमा ५३ रनको योगदान गर्दै लगातार चौथो एक दिवसीय क्रिकेटमा अर्धशतक बनाए । भारतले अन्तिम १० ओभरमा १२७ रन बनाएको थियो । केदार जाधव १६ तथा रविन्द्र जडेजा खाता नै नखोली नट आउट रहे ।
वेस्ट इण्डिजका लागि शेल्डन कटरेलले २ तथा किमो पल, अल्जारी जोसेफ र किरोन पोलार्डले एक एक विकेट लिए ।

Tags: IndiaWest Indies

सम्बन्धित समाचार

तेस्राे टेष्टमा इग्ल्याण्डकाे लज्जास्पद हार

अहमदावादकाे पिचमा इंग्ल्याण्ड टिमकाे बिजाेग

भारतकाे पहिलाे पारीमा कमजाेर

मोटेरा क्रिकेट स्टेडियमकाे नाम परिवर्तन हुने

भारत टेष्ट च्याम्पियनसिपकाे दाेस्राे स्थानमा

दोस्रो टेस्टमा भारत तीन सय १७ रनले विजयी

Load More
Next Post

आईपीलको अक्सन आज, नेपालबाट कुनै खेलाडी परेनन्

पीपीएलमा पारसकाे अर्धशतक

Discussion about this post

  • March 6, 2021
    Match 2
    Nepal Police Club
    Nepal Police Club
    72/10 (25.2 ov)
    CAN Province team
    Bagmati Province
    70/10 (27.2 ov)
    Scorecard | Series Home
  • March 6, 2021
    Match 1
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    235/10 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    236/9 (49.4 ov)
    Scorecard | Series Home
  • January 30, 2021
    Final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    211/9 (50.0 ov)
    Armed Police Force
    Nepal APF Club
    178/10 (41.3 ov)
    Scorecard | Series Home
  • January 28, 2021
    2nd Semi-final
    Tribhuvan Army Club
    Tribhuvan Army Club
    229/10 (50.0 ov)
    CAN Province team
    Bagmati Province
    135/10 (40.2 ov)
    Scorecard | Series Home
  • January 27, 2021
    1st Semi-final
    Armed Police Force
    Nepal APF Club
    203/9 (50.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    173/10 (49.3 ov)
    Scorecard | Series Home
  • January 25, 2021
    Match 20
    CAN Province team
    Province 2
    169/7 (47.0 ov)
    Nepal Police Club
    Nepal Police Club
    170/6 (38.0 ov)
    Scorecard | Series Home
  • [live_score]

    मुख्य समाचार

    आर्मीमाथि एपीएफकाे राेमाञ्चक जित

    चौथो टेष्टमा भारत एक इनिङ र २५ रनले विजयी

    पुलिसकाे बागमतीमाथि उत्कृष्ट जित

    • About us
    • Advertise
    • Write for us
    • Privacy Policy
    • TOC’s
    • Contact us
    English Edition

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

    No Result
    View All Result
    • Home
    • News
      • National
      • International
        • Indian Premier League
        • Big Bash League
      • Nepal Men
      • Nepal Women
      • Nepal U19
      • Nepal U16
      • Opinion
      • In Focus
      • Interview
    • Match Centre
      • Fixtures
      • Results
    • Series
      • Kathmandu Mayor’s Cup 2021
      • Prime Minister Cup 2021
      • Prime Minister Cup Women’s National T20 2020/21
      • Gautam Buddha Cup 2020
      • ICC Cricket World Cup League 2
    • Teams
    • Players
    • More
      • Rankings
      • Videos
      • Photos
      • Social

    © cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal