पीपीएलमा पारसकाे अर्धशतक

चितवन राइनोजका कप्तान पारस खड्काले बुटवल ब्लास्टर्स विरुद्ध अर्धशतक बनाएका छन ।

टिमलाई उत्कृष्ट सुरुवात दिलाएका पारसले पहिलो विकेटका लागि रोहन मुस्तफासँग सतकीय साझेदारी गरे । रोहन र पारसले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे ।

जसमा पारसले ६३ रनको पारी खेले । उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे । तर उनी अफ्ताबुदिन अहमेदको बलमा क्याच आउट हुन पुगे । जारी प्रतियोगितामा पारसको पहिलो अर्धशतक हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest