चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको बलियो लक्ष्य

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको बलियो लक्ष्य दिएको छ । पीपीएलकाे इतिहासमा याे अहिलेसम्मकै ठुलाे स्काेर हाे ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले सतकीय साझेदारी गर्न सफल भए । जारी पीपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक ठुलो साझेदारी हो । जसमा पारस खड्काले अर्धसतक बनाए । उनले ४० बलमा ६५ रन बनाउँदै आउट भएपछि चितवनले एक सय १७ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि बाबर हायात मात्र एक रनमा आउट हुँदा एक सय २९ रनमा चितवनले दोस्रो विकेट खेर फाल्यो ।

तर त्यसपछि आरिफ शेख र रोहनले पनि ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । आरिफले विस्फोटक ४० रन बनाए । जसमा उनले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै रोहन मुस्तफाले अविजीत ७० रन बनाए । बलिङमा अफ्ताबुदिन अहमेदले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest