मनमोहन राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पौष १५ देखि

मनमोहन राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पौष १५ देखि माघ ४ गतेसम्म हुने भएको छ ।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा यसपटक १२ टिमको सहभागिता रहने भएको छ । तीन विभागिए टिम सहित सात प्रदेश र मलेसियाको राष्ट्रिय टिम र इनरुवाको टिम यो प्रतियोगितामा सहभागि हुने भएका छन ।

५० ओभरको हुने यो प्रतियोगितामा लिगमा १२ खेल खेलाइने भएको छ । प्रतियोगितामा सहभागि टिमलाई चार समुहमा विभाजन गरिएको छ । हरेक समुहका शिर्ष टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

प्रतियोगिताको विजेताले चार लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन । यस्तै सेमिफाइनलमा पुग्ने टिमले ३०–३० हजार हात पार्नेछन ।

प्रतियोगिताको म्यान अफ दी सिरीजलाई ५५ हजार दिइने छ भने हरेक खेलको म्यान अफ दी म्याचलाई ३५ सय प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल बजेट १ करोड २५ लाख रुपैया रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest