चितवन राइनोजकाे लगातार दोस्रो जित

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा चिवतनले बुटवल ब्लास्टर्सलाई ११९ रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रन बनायो ।

उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले सतकीय साझेदारी गर्न सफल भए । जारी पीपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक ठुलो साझेदारी हो । जसमा पारस खड्काले अर्धसतक बनाए । उनले ४० बलमा ६५ रन बनाउँदै आउट भएपछि चितवनले एक सय १७ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि बाबर हायात मात्र एक रनमा आउट हुँदा एक सय २९ रनमा चितवनले दोस्रो विकेट खेर फाल्यो ।

तर त्यसपछि आरिफ शेख र रोहनले पनि ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । आरिफले विस्फोटक ४० रन बनाए । जसमा उनले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै रोहन मुस्तफाले अविजीत ७० रन बनाए । बलिङमा अफ्ताबुदिन अहमेदले दुई विकेट लिए ।

 

जवाफमा बुटवल १८ ओभर चार बलमा ८४ रनमा अलआउट भयो ।

बुटवलको तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । २ रनमा पहिलो विकेट गुमाएको चितवनले १० रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसका सुरुवाती तीन खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

त्यसपछि सिंभम सिंह र भिम शार्कीले टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर सफल भएनन् । भिम २१ रनमा आउट हुँदा बुटवलले ४५ रनमा चौथो विकेट गुमायो । उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । बुटवलले स्कोरबोर्ड अरु ३८ रन जोड्दा थप पाँच विकेट गुमायो । जसका कारण उले ८३ रनमा नौ विकेट खेर फाल्यो । निकै फितलो ब्याटिङ गरेको बुटवललाई सस्तैमा समेट्न करण केसीले ३ तथा रोहन मृुस्तफाले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest