ज्याक कालिस दक्षिण अफ्रिकाकाे ब्याटिङ सल्लाहकारमा नियुक्त

दक्षिण अफ्रिकी क्रिकेट टिमका पूर्व खेलाडी ज्याक कालिस बोर्डको नयाँ ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन ।

योसँग दक्षिण अफ्रिकी क्रिकेट बोर्डले पाँच जना पूर्व खेलाडीलाई विभिन्न जिम्मेवारी दिएको छ । यसअघि बोर्डले पूर्व कप्तान ग्रेम स्मिथलाई बोर्ड डाइरेक्टर, मार्क काउचरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, ज्याक कालिस र चार्ल लाङभेल्डलाई ब्याटिङ र बलिङ सल्लाहकारमा नियुक्त गरेको छ ।

यस्तै एस्ले प्रिन्सलाई दक्षिण अफ्रिका ए टिमको प्रमुख बनाएको छ ।

हाल प्रशिक्षणमा रहेको दक्षिण अफ्रिकी टिमले इंग्ल्याण्ड विरुद्ध चार टेष्टको सिरीज खेल्दैछ । जुन बक्सिङ डे मा सुरु हुनेछ । जसका लागि दक्षिण अफ्रिकाले टिम पनि घोषणा गरेको छ । टिममा ६ जना नयाँ खेलाडी समावेश रहेका छन ।

कालिस आएपछि टिमको ब्याटिङमा सुधार हुने ठुलो अपेक्षा गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest