पोखरा पल्टनले बुटवल ब्लासटर्सलाई १२२ रनको लक्ष्य

पोखरा प्रिमियर लिग क्रिकेटमा पोखरा पल्टनले बुटवल ब्लासटर्सलाई १२२ रनको लक्ष्य दिएको छ । पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाएको हो ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पोखराको सुरुआत भने राम्रो हुन सकेन । टिमले खाता नखोल्दै कुशल भुर्तेललाई गुमाएको पोखराले ११ रन हुँदा कप्तान शरद भेषावकरलाई व्यक्तिगत ७ रनमा गुमाएको थियो ।

टिमको स्कोर २५ रन हुँदा विनोद भण्डारी पनि ३ रन बनाएर पेभेलियन फर्किए । चौथो विकेटको रुपमा इशान पाण्डे आउट हुँदा पोखराले ३२ रन बनाएको थियो । पाण्डे १३ रनमा आउट भएका हुन् । पाँचौं विकेटको रुपमा ६९ रन हुँदा रोहित कुमार पौडेल आउट भएका थिए । रोहित १९ रन बनाएर आउट भएका थिए ।

पोखराका लागि रविइन्दर सिंह र प्रथमेस डेकेले स्कोर १०० रन कटाएका थिए । रविइन्दर ४४ रनमा नट आउट रहँदा डेके पनि २० रनमा नट आउट नै रहे । बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी, नितेश थाप र शिबम् सिंहले एक एक विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest