पोखरा पल्टनकाे लगातार तेस्रो हार

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको खेलमा साविक विजेता पोखरा  बुटवल ब्लास्टर्स संग आठ विकेटले पराजित भयो । यो संगै पोखराकोे प्ले अफ  पुग्ने संभावना गणितीय रुपमा मात्र बांकी छ ।

पोखरा मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले २० ओभरमा पांच विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।  साविक विजेता पोखराका स्टार ब्याट्सम्यान आजको खेलमा पनि चल्न सकेनन् । पहिलो ओभरको दोस्रो वलमा कुशल भुर्तेल शुन्यमा आउट भएपछि विकेट गुमाउन सुरु गरेको थियो ।

शरद भेषावकर सात, विनोद भन्डारी तीन, इशान पान्डे १३ र रोहित पौडेल १९ रनमा पवेलियन फर्किए । तर रवि इन्दर सिंह र प्रथमेस डेकले छैटौ विकेटका लागि ५१ रनको साझेदारी गरेपछि पोखरा सम्मानजनक स्कोरमा पुगेको हो । रवि इन्दरले ४२ वलमा ४५ र प्रथमेसले २० वलमा २० रन जोडे । वलिङ तर्फ हर्श टंङकले दइ तथा ललित सिंह भन्डारी शिभम सिंह र नितेश थापाले एक एक विकेट लिए ।  जवाफमा बुटवलले १४ ओभरमा दुइ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो ।

उसका लागि अफतावुद्धिन अहमद र शंकर रानाले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । शंकर १९ रनमा आउट भए । अफतावुद्धिनले ७५ रन जोडे । ४५ वल खेलेका उनले १२ चौका र दुइ छक्का प्रहार गरे  ।  भिम सार्की १६ र हर्श ६ रनमा अविजीत रहे ।

पोखरालाइ प्रतियोगितामा टिकी राख्न आजको खेल जित्नै पर्ने दवाव थियो ।  पहिलो खेलमा नौ विकेटको जित हात पारेको पोखरा त्यसपछिका खेलमा पराजित भएपछि संकटमा आएको हो  । बुटवलको यो तीन खेलमा दोस्रो जीत हो । आजको खेलमा नियमित कप्तान सोमपाल कामी भने ढांडको समस्याका कारण मैदानमा उत्रिएनन् । उनको स्थनमा सिद्धान्त लोहनीको कप्तानको भुमिका निभएका थिए ।

दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राइनोज आमने सामने हुदैछन । पारस खड्काको कप्तान्ीमा रहेको  चितवन जारी लिगमा अपराजित छ । दिपेन्द्र सिंह ऐरीको धनगढीले एकमा जीत र एकमा हार बेहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest