धनगढीसामु चितवनकाे बलियाे लक्ष्य

पोखरा प्रिमियर लिगमा पारस खड्काको कप्तानीमा हरेको चितवन राइनोजले धनगढी ब्लुजलाई एक सय ८२  रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै ८१ रन बनायो ।

जारी प्रतियोगितामा अपराजित जित चितवनले सुरुवात खासै राम्रो गर्न सकेन । २९ रनमा पहिलो विकेट गुमाएको चितवनका रोहन मुस्तफा नौ रनमा आउट भए । त्यसपछि चितवनले ७० रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसका लागि पारस खड्काले २३ तथा तथा हरीशंकर शाहले ८ रन बनाए ।

बलियो ब्याटिङलाइन अप रहेको चितवनका बाबर हायातले ३६ रन बनाए भने अनिल शाहले १९ रन जोडे । त्यसपछि आरिफ शेख र सन्नी पटेलले ७२ रनकाे साझेदारी गरेपछि चितवनले बलियो लक्ष्य दियो । आरिफले ४७ रन बनाए भने सन्नीले ३२ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest