सन्दिपकाे टिमकाे बलियाे लक्ष्य

बिग ब्यास क्रिकेट लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियाको गोल्डकोष्टमा भएको खेलमा मेलबर्नले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६७ रन बनायो । सुरुवात खराब गरेको मेलबर्नले नौ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ७४ रन बनाउँदा चार विकेट खेर फालेको स्टार्सका लागि मार्कुस स्टोनीसले १६, हिल्टोन कार्टराईटले १८, पिटर ह्याण्ड्सकोपले २० तथा बेन डुंकले ११ रन बनाए । यसतै नीक म्याडिन्सनले आठ रनको योगदान गरे ।

स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ८३ रनको उत्कृष्ट पारी खेले । उनले ३९ बलमा सात चौका र पाँच छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest