चितवन राइनोजकाे अपराजित यात्रा कायमै

पोखरा प्रिमियर लिगमा पारस खड्काको कप्तानीमा हरेको चितवन राइनोजले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आज भएको खेलमा चितवनले धनगढी ब्लुजलाई ५२ रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

जारी प्रतियोगितामा अपराजित जित चितवनले सुरुवात खासै राम्रो गर्न सकेन । २९ रनमा पहिलो विकेट गुमाएको चितवनका रोहन मुस्तफा नौ रनमा आउट भए । त्यसपछि चितवनले ७० रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसका लागि पारस खड्काले २३ तथा तथा हरीशंकर शाहले ८ रन बनाए ।

बलियो ब्याटिङलाइनअप रहेको चितवनका बाबर हायातले ३६ रन बनाए भने अनिल शाहले १९ रन जोडे । त्यसपछि आरिफ शेख र सन्नी पटेलले अर्धसतकीय साझेदार िगरेपछि चितवनले बलियो लक्ष्य दियो । आरिफले ४७ रन बनाए भने सन्नीले ३२ रनको योगदान गरे ।

जवाफमा धनगढी ब्लुज २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २९ रनमा रोकियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान दिपेन्द्रसिंह ऐरीले ४९ रन बनाए भने रोद्रिगो थोमसले २४ तथा सन्दिप जोराले २१ र अमित यादवले १७ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest