बिग ब्यास लिगमा सन्दिपकाे एक विकेट

नेपाली बलर सन्दिप लामिछाने ब्रिसबेन हिट विरुद्धको खेलमा सन्दिपले चार ओभरमा ३८ रन दिएर एक विकेट लिन सफल भए ।

टिमको दोस्रो ओभर लिएर आएका सन्दिपले तीन बलमा तीन बाउन्ड्रि दिए । उनको पहिलो बलमा बेनटोनले चौका प्रहार गरे भने दोस्रो बलमा पनि चौका नै खाए । तेस्रो बलमा छक्का खान पुगे । तर चौथो बलमा मात्र एक रन दिएका उनले पाँचौ बल डट फाले । ओभरको अन्तिम बलमा पनि चौका खान पुगे । जसका कारण उनले पहिलो ओभरमा १९ रन खर्चिए ।

दोस्रो ओभरमा सन्दिपले ६ रन खर्चिए ।

टिमको सातौ ओभर लिएर आएका उनले पहिलो बलमा एक विकेट लिए । दोस्रो बल डट फालेका सन्दिपले तेस्रो बलमा दुई रन खर्चिए । त्यसपछि चौथो बल डट फालेका उनले पाँचौ बलमा दुई र छैटौ बलमा एक रन खर्चिए ।

तेस्रो ओभरमा सन्दिपले मात्र ५ रन खर्चिए । उनले सो ओभरमा तीन बल डट फाले भने दुई बलमा दुई दुई र एक बलमा एक रन दिए ।
चौथो ओभरमा सन्दिपले ८ रन दिएर विकेट लिन सफल भए । उनले बेन कटिङलाई १२ रनमा आउट गरे । सो ओभरमा उनले एक चौका खाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest