काठमाडौं गोल्डेन्सले विराटनगर टाइटन्सलाई एक सय ६० रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौं गोल्डेन्सले विराटनगर टाइटन्सलाई एक सय ६० रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५९ रन बनायो ।
खराव सुरुवात गरेको काठमाडौंले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर गौरव तमोर शुन्य रनमा नै आउट भए ।

त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र जयकिशन कोल्सावालाले ४३ रनको साझेदारी गरे । जसमा अमित १७ रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । उनीहरुले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

मल्लले ४५ रनको योगदान गरे । उनले ३३ बलमा तीन चौका र २ छक्का प्रहार गरे । यस्तै कोल्सावालाले ५५ रनको अर्धशतकिय पारी खेले । उनले ४३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

अन्तिममा आदिल खानले १३ रन बनाए भने सुबोध भाटीले १४ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest