विराटनगरले टस जितेर चितवनलाई ब्याटिङको निम्तो

पोखरा प्रिमियर लिग क्रिकेटमा अहिले अपराजित रहेको टिम चितवन राइनोज र विराटनगर टाइटन्स खेलिरहेका छन ।

पोखरा रंगशालामा विराटनगरले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको छ ।

विराटनगरका लागि गर या मरको अवस्थामा रहेको छ । उसले प्लअफको यात्रा कायमै राख्न आजको खेल जित्नेपर्ने हुन्छ । हारको खण्डमा उसको संभावना लगभग समाप्त हुनेछ ।

यता प्रतियोगितामा अपराजित रहेको चितवन आजको खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । यदि पराजित भएमा जितका अन्तिम खेल कुर्नुपर्नेछ । विराटनगरले खेलेका तीन खेलमा एक जित र दुई हार ब्यहोरेको छ ।

यी दुई टिम अघिल्लो सिजनमा खेल्दा चितवनले विराटनगरलाई चार विकेटले हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest