चितवन राइनोजले विराटनगर टाइटन्सलाई १४७ रनको लक्ष्य

पोखरा प्रिमियर लिग क्रिकेटमा अहिलेसम्म अपराजित रहेको चितवन राइनोजले विराटनगर टाइटन्सलाई १४७ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।
त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे ।
१९ औं ओभरमा विराटनगरका जितेन्द्र मुखीयाको बलमा सन्नी पटेलले २७ रन हिर्काए । जसमा उनले तीन छक्का, एक चौका प्रहार गरे ।
बलिङमा पुनित मेहरा र मुहम्मद जेइद आलमले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest