मेलबर्न स्टार्सले होबर्ट हुरीकेन्सलाई एक सय ६४ रनको लक्ष्य

बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले होबर्ट हुरीकेन्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेट गुमाउँदै १६३ रन बनायो ।

बलियो सुरुवात गरेको मेलबर्नले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । जसमा उसका ओपनर नीक माडिन्सनले ४० रन बनाए । त्यसपछि बेन डुंक १९ रनमा आउट भएपछि मेलबर्नले एक सय १८ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि मेलबर्नले अरु दुई विकेट सस्तैमा गुमाउन पुग्यो । अघिल्लो खेलमा उत्कृष्ट अर्धशतक बनाएका कप्तान ग्लेन म्याक्सवेल दुई रनमा आउट भए भने पिटर ह्याण्ड्सकोब तीन रनमा पेभेलियन फर्किए ।

उसका लागि मार्कुस स्टोनीसले अविजीत ८१ रन बनाए भने हिल्टोन कार्टराइटले १३ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest