सन्दिप लामिछानेकाे २ ओभरमा ५ रन दिएर एक विकेट

बिगब्यास लिग अन्तर्गत होबर्ट हुरीकेन्स विरुद्दको खेलमा सन्दिप लामिछानेले २ ओभरमा ५ रन दिएर एक विकेट लिएका छन ।

टिमको सातौ तथा ब्यक्तिगत पहिलो ओभरमा सन्दिपले पहिलो र दोस्रो बल डट फालेका थिए । तेस्रो बलमा एक रन दिएका उनले चौथो बल वाइड गरे । त्यसपछि उनले अर्को बलमा एक रन दिए । पाँचौ बल पनि डट फालेका उनले अन्तिम बलमा एक रन खर्चिए ।

दोस्रो ओभरमा उनले दुई रन दिएर एक विकेट लिए ।

टिमको आठौं तथा ब्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बल डट फालेका थिए । तर दोस्रो बलमा उनले विकेट लिन सफल भए । जेवेललाई उनले २५ रनमा पेभेलियन फर्काए । त्यसपछि तेस्रो बल डट फालेका सन्दिपले चौथो बलमा एक रन दिए । सन्दिपले पाँचौ बलमा एक रन दिए भने छैटौ बल डट फाले ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest