चितवन पीपीएलकाे फाइनलमा

साविक उपविजेता चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडी नै फाइनलमा स्थान बनायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।

त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे ।

१९ औं ओभरमा विराटनगरका जितेन्द्र मुखीयाको बलमा सन्नी पटेलले २७ रन हिर्काए । जसमा उनले तीन छक्का, एक चौका प्रहार गरे ।
बलिङमा पुनित मेहरा र मुहम्मद जेइद आलमले एक एक विकेट लिए ।

जवाफमा विराटनगरको पारी पुरै ध्वस्त बन्यो । विराटनगर १९ ओभरमा एक सय २८ रनमा अलआउट भयो ।

उसले ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सुनील धमला ५ रनमा आउट भए भने मुहम्मद जेइद आलम एक, कप्तान प्रदिप ऐरी नौ तथा नोमान खान १८ रनमा पेभेलियन फर्किए । त्यसपछि राजु रिजालपनि मात्र एक रनमा आउट हुन पुगे । यस्तै राजेश पुलामी मगरले खाता खोल्न सकेनन् । सातौ विकेटका लागि लोकेश बम र पुनित मेहरा विच अर्धसतकीय साझेदारी भएको थियो ।

तर पुनित २४ रनमा आउट भएपछि विराटनगरले एक सय १४ रनमा सातौ विकेट खेर फाल्यो । त्यसपछि लोकेश बम ६२ रनमा आउट भएपछि विराटनगरको आशा समाप्त भयो । बाँकी खेलाडी एकछि अर्को रुपमा आउट भए । विराटनगरको पारीलाई ध्वस्त पार्न भुवन कार्कीले तीन तथा रोहन मुस्तफा र करण केसीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest