धनगढी पीपीएलबाट बाहिर

धनगढी ब्लुज पोखरा प्रिमियर लिग क्रिकेटमा लिग चरणबाट नै बाहिरीएको छ । बुटवल ब्लास्टर्ससँग ७ विकेटले पराजित भएपछि धनगढीको यात्रा लिग चरणमा नै सकियो । यो जितले बुटवलले भने प्लेअफको संभावना निकै बलियो बनाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले १९ अाेभर पाँच बलमा एक सय ४० रनमा अलअाउट भयाे । उसका लागि कप्तान दिपेन्द्र सिंह एैरिले ६१ रन बनाएका थिए। उनले ४५ बलमा ६ चौका र २ छक्काको मद्दतले ६१ रन बनाएर आउट भएका थिए । अभिनाश बोहराले शंकर रानाको हातबाट क्याच आउट बनाएका हुन । त्यस्तै सन्दीप जोराले पनि ३२ बलमा ३९ रन बनाएका थिए।

सौरभ खनालले पनि १० रनको योगदान गरेका थिए । बाँकी अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बुटवलका लागि अभिनाश बोहराले ४ तथा ललित सिंह भण्डारीले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए ।

जवाफमा बुटवलले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको बुटवलले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेको थियो । उसका ओपनर अफ्ताबुद्दिन अहमेदले विस्फोटक ५२ रन बनाए ।

जसमा उनले २३ बलमा एक चौका र सात छक्का प्रहार गरे । ५३ रनमा पहिलो विकेट गुमाएको बुटवलले एक सय ५ रनमा दोस्रो विकेट झार्न पुग्यो ।

दोस्रो विकेटका लागि पनि हर्ष टोंकले २१ बलमा ४० रन बनाए । उनले तीन चौका र चार छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest