गर या मर काे खेलमा भिड्दै धनगढी र पाेखरा

पोखरा प्रिमियर लिगमा आज साविक विजेता पोखरा पल्टनर र धनगढी बिच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा क्रिकेट मैदानमा हुने खेल विहान साढे ११ बजेबाट सुरु हुनेछ । आजको खेलमा पोखराका लागि जित्नुको विकल्प छैन । यदि पराजित भएमा पोखरा प्रतियोगिताबाट बाहिरीनेछ । उसले अहिलेसम्म चार खेलमा तीन हार र एकमा मात्र जित निकालेको छ ।

यता धनगढीका लागि पनि जित्नुको विकल्प छैन । धनगढी ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

त्यसैले दुवै टिम जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । तर, दुवै टोलीलाई जितले मात्र पुग्ने छैन् । अन्य खेलको नतिजा समेत अनुकुल आउनु पर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest