वेष्ट इन्डिज विरुद्धको एक दिवसिय सिरीज भारतकाे पक्षमा

वेष्ट इन्डिज विरुद्धको एक दिवसिय सिरीज भारतले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतले वेष्ट इन्डिजलाई चार विकेटले गुमायो ।

कटकस्थित बरबती स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १५ रन जोड्यो । उसका लागि कायरन पोलार्ड नटआउट ७४ रन बनाए भने पुरनले ६४ बलमा ८९ रनको आक्रामक इनिङ खेले । उसले अन्तिम ३ ओभरमा मात्र वेस्टइन्डिजले ५३ रन जोडेको थियो ।

उसका लागि एभिन लेविसले २१ र शाइ होपले उत्कृष्ट लयलाई कायम राख्दै ४२ रनको योगदान दिए । यस्तै रोस्टन चेजले ३८ र शिम्रन हेटमायारले ३७ रन बनाए ।

भारतका लागि सैनीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहमद शामी र रविन्द्र जडेजाले १(१ विकेट हात पारे । तीन खेलको ओडीआई सिरिजमा पहिलो खेल वेस्टइन्डिज र दोस्रो खेल भारतले जितेको थियो ।

जवाफमा भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाई लक्ष्य पुरा गर्याे ।

भारतले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि शतकिय साझेदारी गर्न सफल भयो । रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । जसमा रोहित शर्माले ६३ रन बनाए भने त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहलीले ८५ रन बनाए ।

त्यसपछि क्रिजमा आएका श्रेयस ऐयर र रिसव पन्त सात सात रनमा आउट भए । यस्तै केदार जादव नौ रनमा पेभेलियन फर्किए भने केएल राहुलले ७७ रन बनाए ।

त्यसपछि रविन्द्र जेडेजा र सरदुर ठाकुरले अन्तिममा भारतलाई जितको बाटो देखाए । उसका लागि जडेजाले ४७ रन बनाए भने ठाकुरले ३९ रनको योगदान गरे ।

तीन खेलको एकदिवसिय श्रीखंलामा पहिलो खेल वेष्ट इन्डिजले जितेको थियो भने दोस्रो खेल भारतले जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest