पोखरा टस जितेर पहिले ब्याटिङमा

पोखरा प्रिमियर लिगमा अहिले पोखरा पल्टन र धनगढी बिच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

आजको खेलमा पोखराका लागि जित्नुको विकल्प छैन । यदि पराजित भएमा पोखरा प्रतियोगिताबाट बाहिरीनेछ । उसले अहिलेसम्म चार खेलमा तीन हार र एकमा मात्र जित निकालेको छ ।

यता धनगढीका लागि पनि जित्नुको विकल्प छैन । धनगढी ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

त्यसैले दुवै टिम जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । तर, दुवै टोलीलाई जितले मात्र पुग्ने छैन् । अन्य खेलको नतिजा समेत अनुकुल आउनु पर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest