पाेखराकाे मात्र ८० रनको लक्ष्य

पोखरा प्रिमियर लिगमा साविक विजेता घरेलु टिमले मात्र ८० रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टिमले १६ ओभर २ बलमा रनमा अलआउट भयो । निकै खराव ब्याटिङ गरेको पोखराका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सात रनमा पहिलो विकेट गुमाएको पोखराले २० रन बनाउँदा तीन विकेट खेर फालेको थियो । उसका कुनैपनि खेलाडी विच दरीलो साझेदारी हुन सकेन । ५४ रनमा चार विकेट खेर फालेको पोखराले ७१ रन हुँदा ८ विकेट गुमायो । अन्ततः ७९ रनमा अलआउट भयो ।

उसका आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । कुशल भुर्तेल ६ रनमा आउट भए भने कप्तान शरद भेषवाकर चार तथा रविइन्दर सिंहले खाता खोल्न सकेनन् । यस्तै विनोद भण्डारी १२ रनमा आउट हुँदा कुशल मल्ल दुई, कृष्ण कार्की एक र रोहित पोडेलले खाता खोल्न सकेनन् ।
पोखराको पारी ध्वस्त पार्ने क्रममा अनिल खरेलले तीन तथा सागर ढकाल र दिपक पुनीयाले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest