श्रीलंका बिरूद्धकाे दोस्रो टेष्टमा पाकिस्तान २ सय ६३ रनकाे भारी अन्तरले बिजयी

आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत श्रीलंका बिरूद्धकाे दोस्रो टेष्टमा पाकिस्तान २ सय ६३ रनकाे भारी अन्तरले बिजयी भएकाे छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा १ सय ९१ रन बनाएको थियो । जवाफमा श्रीलंकाले पहिलो इनिङ्समा २ सय ७१ रन बनाएको थियो । तर, दोस्रो इनिङ्समा चार खेलाडीले शतक बनाउदा पाकिस्तानले ५ सय ५५ रन बनाएको थियो ।

उसका अबिद अलीले १ सय ७४, शान मासुदले १ सय ३५, अजर अलीले १ सय १८ र बाबर आजमले अविजित १०० रनको शतकीय इनिङ्स खेले । जसका कारण उसले ४७६ रनकाे लक्ष्य दिएकाे थियाे । साे लक्ष्य पक्ष्याएकाे श्रीलंका २ सय १२ रनमा अलआउट भयो ।

श्रीलंकाका लागि ओसाडा फर्नान्डोले १ सय २ रनको शतकीय इनिङ्स खेले । निरोशन डिक्वेलाले ६५ रन बनाए । पाकिस्तानका निशम साहले ५ विकेट लिए । यासिर साहको नाममा २ विकेट रह्यो । पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेष्ट ड्र भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest