साविक विजेता पोखरा पल्टन पीपीएलबाट बाहिर

साविक विजेता पल्टन दोस्रो सस्करणको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताबाट बाहिरीएको छ । यो सिजन निकै खराव प्रदर्शन गरेको पोखरा लिग चरणबाट नै बाहिरीयो । लिगको अन्तिम खेलमा धनगढीसँग ५ विकेटले पराजित भएपछि पोखराको यात्रा लिग चरणमा नै सकियो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टिमले १६ ओभर २ बलमा रनमा अलआउट भयो । निकै खराव ब्याटिङ गरेको पोखराका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सात रनमा पहिलो विकेट गुमाएको पोखराले २० रन बनाउँदा तीन विकेट खेर फालेको थियो । उसका कुनैपनि खेलाडी विच दरीलो साझेदारी हुन सकेन । ५४ रनमा चार विकेट खेर फालेको पोखराले ७१ रन हुँदा ८ विकेट गुमायो । अन्ततः ७९ रनमा अलआउट भयो ।

उसका आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । कुशल भुर्तेल ६ रनमा आउट भए भने कप्तान शरद भेषवाकर चार तथा रविइन्दर सिंहले खाता खोल्न सकेनन् । यस्तै विनोद भण्डारी १२ रनमा आउट हुँदा कुशल मल्ल दुई, कृष्ण कार्की एक र रोहित पोडेलले खाता खोल्न सकेनन् ।
पोखराको पारी ध्वस्त पार्ने क्रममा अनिल खरेलले तीन तथा सागर ढकाल र दिपक पुनीयाले दुई दुई विकेट लिए ।

जवाफमा धनगढीले ९ओभर १ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । यो जितलेपनि धनगढीको प्लेअफमा पुग्ने संभावना निकै कम रहेको छ । आजपनि धनगढीले सुरुवात रामे गर्न सकेन । २७ रनमा पहिलो विकेट गुमाएको धनगढीले ४१ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपन थोमस रोद्रिगो १५ रनमा आउट भए भने कप्तान दिपेन्द्र ऐरी १३ रनमा पेभेलियन फर्किए । तर दिपक पुनीया र सुविन्धु पाण्डेले धनगढीलाई जितको बाटो देखाए । सुबिन्धुले ११ रन बनाए ।

अब धनगढीलाइ प्लेअफमा पुग्न काठमाडाैं वा बिराटनगरले भारी अन्तरले हार्नुपर्नेछ । जसका कारण उसकाे रनरेटमा ठुलाे गरावट हाेस ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest